गगन थापालाई गण्डकी मुख्यमन्त्री पाण्डेको कटाक्ष–‘सक्छौ सभापति फेर नत्र भ्रम नछर’

काठमाडाैं | साउन ४, २०८०

गगन थापालाई गण्डकी मुख्यमन्त्री पाण्डेको कटाक्ष–‘सक्छौ सभापति फेर नत्र भ्रम नछर’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र्रराज पाण्डेले पार्टीको केन्द्रीय बैठकमा महामन्त्री एवं युवा नेता गगन थापामाथि कटाक्ष गरेका छन् । 

 

बैठकको आज तेस्रो दिन थापालाई इंगित गर्दै मुख्यमन्त्री पाण्डेले भनेका छन् ‘सके सभापति फेरेर देखाउनुहोस, नसके अनावश्यक भ्रम छर्ने काम बन्द गर्नुहोस् ।’ पाण्डेले कांग्रेसका सबै एउटै डुंगामा सवार रहेको दर्शाउँदै पार्टी सभापति डुबे सबै डुब्ने उल्लेख गरे । 

 

पाण्डेले भनेका छन् ‘सभापति शेरबहादुर देउवा डुबेपछि गगन थापा पनि डुब्नुहुन्छ, सुरेन्द्र पाण्डे पनि डुब्छ ।’

 

पछिल्लो समय थापाले पार्टीको नेतृत्व परिवर्तन गर्नुपर्ने र आवश्यक परे आफैले नेतृत्व दिने भन्ने अभिव्यक्तिप्रति पाण्डेले उक्त भनाई राखेका हुन् । मन्तव्यक्रैक्रममा पाण्डेले पार्टीप्रति भ्रम छर्न र नकारात्मक टिकाटिप्पणी नगर्न पनि सुझाव दिए ।

 

‘हामी सबै एउटै डुंगामा छौं, कठिन अवस्थामा छौं’ पाण्डेले भने ‘सामुहिकरुपमा डुंगा पार लगाउने जिम्मा हामीमै छ ।’ पार्टीको विधानमा सभापति फेर्ने प्रावधान भएको भन्दै उनले सके फेर्न अन्यथा अतिरञ्जित नगर्न महामन्त्री थापालाई चेतावनी दिए ।

 

‘फेर्ने समय पनि आउँछ फेरौला तर त्यो समय पर्खनु पर्छ अतिरञ्जना गर्ने काम बन्द गरौं’ पाण्डेले भने । 

 

केन्द्रीय समितिको बैठक मंगलबारबाट केन्द्रीय कार्यालय, सानेपामा बसिरहेको छ ।

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्

कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...

थप पढ्नुहोस्

पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

थप पढ्नुहोस्